बुधवार नगरपालिका सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढङ्गले पानी वितरण गरिनेसमेत प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अब चार दिनपछि हामी काठमाडौँमा मेलम्चीको पानी वितरण गर्दै छौँ ।’ ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

उनले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गरे । उनले मेलम्चीको पानी ल्याउनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । सँगै ओलीले सरकारले सडकलाई बालबालिका र सडक मानवमुक्त बनाएकोसमेत दोहोर्‍याएका छन् ।

सरकारले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै उनले नेपाल विकसित देशभन्दा पनि माथि पुगेको दाबी गरेका छन्।

संसदमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको उल्लेख गर्दै उनले त्यसलाई ५० प्रतिशत पुर्‍याउने उद्घोषसमेत गरेका छन् । सरकारले विकास र निर्माणमा धेरै प्रगति गरेको दाबी गर्दै ओलीले दुई वर्षमै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा हुने पनि बताएका छन् ।

" /> चैत १५ देखि मेलम्चीको पानी काठमाडौँका धारामा वितरण गर्छौँ : प्रधानमन्त्री ओली - Sarbocha Media

चैत १५ देखि मेलम्चीको पानी काठमाडौँका धारामा वितरण गर्छौँ : प्रधानमन्त्री ओली

`

     २०७७ चैत्र ११ गते १:१५

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमा काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन् ।

बुधवार नगरपालिका सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढङ्गले पानी वितरण गरिनेसमेत प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अब चार दिनपछि हामी काठमाडौँमा मेलम्चीको पानी वितरण गर्दै छौँ ।’ ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

उनले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गरे । उनले मेलम्चीको पानी ल्याउनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । सँगै ओलीले सरकारले सडकलाई बालबालिका र सडक मानवमुक्त बनाएकोसमेत दोहोर्‍याएका छन् ।

सरकारले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै उनले नेपाल विकसित देशभन्दा पनि माथि पुगेको दाबी गरेका छन्।

संसदमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको उल्लेख गर्दै उनले त्यसलाई ५० प्रतिशत पुर्‍याउने उद्घोषसमेत गरेका छन् । सरकारले विकास र निर्माणमा धेरै प्रगति गरेको दाबी गर्दै ओलीले दुई वर्षमै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा हुने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?