काठमाडौँ, ११ चैत । गृहमन्त्रालयले कोरोना भाइरस कोभिड–१९ को सम्भावित दोस्रो लहरलाई लिएर गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
कोभिड–१९ को खतरा फेरि दोहोरिन सक्ने भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्लाका क्वारेन्टाइन र आइसोलेसन कक्षलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
‘स्वास्थ्य मन्त्रालयको विज्ञप्तिलाई सहयोग हुने गरी भिडभाड हुने र धेरै मानिस जमघट हुने गोष्ठी पनि गराउन भनिएको छ ।’
उनले भने, ‘यही विषयमा हरेक जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउन पनि भनेका छौँ।’
मन्त्रालयले संक्रमणको रोकथामका लागि कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न पनि अनुरोध गरेको थियो।
केही हप्तादेखि विश्वका विभिन्न मुलुक र छिमेकी देश भारतमा समेत संक्रमण तीब्र गतिमा बढिरहेका बेला नेपालमा पनि संक्रमणको जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए।




