पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले क्रियाशील सदस्यता वितरढा तथा नवीकरणको कामलाई अघि बढाएको छ । सदस्यता वितरण तथा नवीकरणको काम नभ्याएपछि कार्यतालिका फेरबदल गर्नुपरेको छ ।

कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको छ ।

" /> देउवाले बोलाए चैत २० गते केन्द्रीय कार्यसमिति बैठक - Sarbocha Media

देउवाले बोलाए चैत २० गते केन्द्रीय कार्यसमिति बैठक

`

     २०७७ चैत्र ११ गते १०:१५

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसले चैत २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आसन्न १४औं महाधिवेसनको कार्यतालिकाबारे छलफल गर्न लागी बैठक बोलाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले क्रियाशील सदस्यता वितरढा तथा नवीकरणको कामलाई अघि बढाएको छ । सदस्यता वितरण तथा नवीकरणको काम नभ्याएपछि कार्यतालिका फेरबदल गर्नुपरेको छ ।

कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?