दलको नेतासमेत रहेका मुख्यमन्त्री शेरधन राईले अध्यक्षतामा बस्न लागेको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनेलगायत अदालतको निर्णयपछि उत्पन्न नयाँ परिस्थितिका बारेमा पनि छलफल केन्द्रित हुने बताएको छ।

एमाले संसदीय दलको कार्यलयमा ११ बजे बस्ने बैठकका लागि ५० जना एमालेका सांसदलाई खबर गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जनाएको छ ।

उनले दलको बैठकमा अनुशासन पालना गर्दै सबै माननीयहरू सहभागी हुने बताएको छ । एमाले संसदीय दलमा कुल ५० जना रहेका छन्। जसमा माधव नेपाल पक्षका १६ संसद रहेका छन्।

माधव नेपाल पक्षका संसद राजेन्द्रकुमार राईले एमालेको दलको बैठकमा आफुहरु सहभागी नहुने बताए पनि केही सांसद गएर मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव केही दिनमा फिर्ता हुने जानकारी गराएर बैठकबाट बाहिरिने बताएको छ ।

तत्कालीन नेकपाको कुल ६७ सांसद रहेकोमा प्रचण्ड–माधव पक्षका सांसदहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए।

" /> प्रदेश १ : शेरधन राईले बोलाए एमाले संसदीय दलको बैठक - Sarbocha Media

प्रदेश १ : शेरधन राईले बोलाए एमाले संसदीय दलको बैठक

`

     २०७७ चैत्र ११ गते ६:०९

काठमाडौँ, ११ चैत । नेकपा एमालेको प्रदेश १ को संसदीय दलको बैठक आज बस्ने भएको छ।

सर्वोच्‍च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक दलको बैठक बस्न लागेका हुन् ।

दलको नेतासमेत रहेका मुख्यमन्त्री शेरधन राईले अध्यक्षतामा बस्न लागेको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनेलगायत अदालतको निर्णयपछि उत्पन्न नयाँ परिस्थितिका बारेमा पनि छलफल केन्द्रित हुने बताएको छ।

एमाले संसदीय दलको कार्यलयमा ११ बजे बस्ने बैठकका लागि ५० जना एमालेका सांसदलाई खबर गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जनाएको छ ।

उनले दलको बैठकमा अनुशासन पालना गर्दै सबै माननीयहरू सहभागी हुने बताएको छ । एमाले संसदीय दलमा कुल ५० जना रहेका छन्। जसमा माधव नेपाल पक्षका १६ संसद रहेका छन्।

माधव नेपाल पक्षका संसद राजेन्द्रकुमार राईले एमालेको दलको बैठकमा आफुहरु सहभागी नहुने बताए पनि केही सांसद गएर मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव केही दिनमा फिर्ता हुने जानकारी गराएर बैठकबाट बाहिरिने बताएको छ ।

तत्कालीन नेकपाको कुल ६७ सांसद रहेकोमा प्रचण्ड–माधव पक्षका सांसदहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?