काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ४०३२ मा पीसीआर परीक्षण गर्दा १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ७७ जना निको भएर फर्किएका छन्।
नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको मन्त्रालयले जनाएको छ । हिजो सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पुन:कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सिमा नाकामा उच्च सर्तकताका साथ कडाइ थालेका छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै संक्रमण बढ्न थालेपछि सभा र गोष्ठी नगर्न पनि अनुरोध गरेको छ ।




