ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै गरेकोमा चिन्ता व्यक्त गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई लक्षित गर्दै नेता भट्टराईले कुनै बहानामा भाग्ने गल्ती नगर्न पनि सुझाव दिएका छन् ।

‘लखनौमा दुई नवाबबिच को पहिले गाडी चढ्ने भन्नेमा अन्योल हुँदा गाडी नै छुटेको’ लोक कहानीको प्रसङ्ग उल्लेख गर्दै भट्टराईले प्रतिपक्षी दलहरूलाई सङ्घर्ष गर्न पर्खन नहुने सुझाव दिए ।

नेता भट्टराईले भने, ‘पहले आप, पहले आप भन्दाभन्दै लखनौका नवाबको गाडी छुट्थ्यो रे विपक्षी दलहरूले एक अर्कालाई देखाएर ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै छ । सत्तासीन शक्तिविरुद्ध सङ्घर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो । यो वा उ बहानामा भाग्ने गल्ती नगरौँ ।’

" /> काँग्रेसलाई बाबुरामको सुझाव : कुनै बहानामा भाग्ने गल्ती नगरौँ - Sarbocha Media

काँग्रेसलाई बाबुरामको सुझाव : कुनै बहानामा भाग्ने गल्ती नगरौँ

`

     २०७७ चैत्र १० गते १०:५६

काठमाडौँ, १० चैत । पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारविरुद्ध पहल लिन ढिलो गर्न नहुने तर्क गरेका छन् ।

ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै गरेकोमा चिन्ता व्यक्त गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई लक्षित गर्दै नेता भट्टराईले कुनै बहानामा भाग्ने गल्ती नगर्न पनि सुझाव दिएका छन् ।

‘लखनौमा दुई नवाबबिच को पहिले गाडी चढ्ने भन्नेमा अन्योल हुँदा गाडी नै छुटेको’ लोक कहानीको प्रसङ्ग उल्लेख गर्दै भट्टराईले प्रतिपक्षी दलहरूलाई सङ्घर्ष गर्न पर्खन नहुने सुझाव दिए ।

नेता भट्टराईले भने, ‘पहले आप, पहले आप भन्दाभन्दै लखनौका नवाबको गाडी छुट्थ्यो रे विपक्षी दलहरूले एक अर्कालाई देखाएर ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै छ । सत्तासीन शक्तिविरुद्ध सङ्घर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो । यो वा उ बहानामा भाग्ने गल्ती नगरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?