पार्टी कार्यालय सानेपामा सुरु बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतका नेताहरू सहभागी रहेका छन् ।

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल हुने नेताहरूले बताएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने भएको जनाएको छ ।

राष्ट्रिय राजनीति र महाधिवेशनबारे ठोस पहल नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाइरहेको वेला सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

" /> नेपाली काँग्रेसको पदाधिकारी बैठक सानेपामा सुरु - Sarbocha Media

नेपाली काँग्रेसको पदाधिकारी बैठक सानेपामा सुरु

`

     २०७७ चैत्र ०९ गते १०:२६

काठमाडौँ, ९ चैत । प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतका नेताहरू सहभागी रहेका छन् ।

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल हुने नेताहरूले बताएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने भएको जनाएको छ ।

राष्ट्रिय राजनीति र महाधिवेशनबारे ठोस पहल नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाइरहेको वेला सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?