काठमाडौँ, ९ चैत । उपराष्ट्रपति नन्दकिशोर पुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यभार प्रदान गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएपछि उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधान बमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।
राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसकेकी छन् ।




