काठमाडौँ, ९ चैत । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा छलफलका लागि प्रधानमन्त्री ओलीसँग समय मागेको सापकोटाले बताएको छ।
‘प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको छु। कानुन मन्त्रीमार्फत् कुरा भएको छ। ‘खबर आउला’, सभामुख सापकोटाले भने ।
सरकारले बिजनेश नदिँदा प्रतिनिधि सभा बैठक प्रभावकारी हुन नसकेको गुनासो भइरहेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारले बिजनेश नदिँदा संसद बैठक प्रभावकारी नभएको बताइरहेको छ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्चले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भई बैठक चलेको छ।




