झापा जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका रहेका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ५ हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २०० ले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका ४७४९ ले, गौरादह नगरपालिकाका ४६५३ ले, विर्तामोड नगरपालिकाका ३७७३ ले, कनकाई नगरपालिकाका ३४९९ ले, कमल गाउँपालिकाका ३२४८ ले र भद्रपुर नगरपालिकाका ३७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

त्यसैगरी मेचीनगर नगरपालिकाका २८५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका २४५१ ले, कचनकबल गाउँपालिकाका २१२३ ले, हल्दिबारी गाउँपालिकाका २००१ ले, झापा गाउँपालिकाका १८२३ ले, बुद्धशान्ति गाउँपालिकाका १७०९ ले र बाह्रदशी गाउँपालिकाका १२०० ले उक्त खोप लगाइसकेको जनाएको छ ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए ।

" /> झापामा ४५ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप - Sarbocha Media

झापामा ४५ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

`

     २०७७ चैत्र ०८ गते ७:४०

झापा, ८ चैत । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार झापामा अहिलेसम्ममा ४५ हजार ३५२ जनाले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।

झापा जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका रहेका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ५ हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २०० ले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका ४७४९ ले, गौरादह नगरपालिकाका ४६५३ ले, विर्तामोड नगरपालिकाका ३७७३ ले, कनकाई नगरपालिकाका ३४९९ ले, कमल गाउँपालिकाका ३२४८ ले र भद्रपुर नगरपालिकाका ३७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

त्यसैगरी मेचीनगर नगरपालिकाका २८५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका २४५१ ले, कचनकबल गाउँपालिकाका २१२३ ले, हल्दिबारी गाउँपालिकाका २००१ ले, झापा गाउँपालिकाका १८२३ ले, बुद्धशान्ति गाउँपालिकाका १७०९ ले र बाह्रदशी गाउँपालिकाका १२०० ले उक्त खोप लगाइसकेको जनाएको छ ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?