बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।
उक्त भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही सरकारी अधिकारी पनि सम्मिलित हुने भएका छन्।
बङ्गलादेशका संस्थापक पूर्व राष्ट्रपति वङ्गबन्धु शेख मुजिबुर रहमानको सयौँ जन्म जयन्तीका अवसरमा हुने कार्यक्रममा सरिक हुने छिन्। उक्त कार्यक्रममा भण्डारीले नेपाल–बङ्गलादेश सम्बन्धकारबारेमा सम्बोधन गर्ने छिन्।
चैत १० गते राष्ट्रपति भण्डारीले बङ्गलादेशमा रहेका नेपालीहरूलाई भेट्ने कार्यक्रम रहेको छ।  उक्त कार्यक्रम प्रश्चात त्यस दिन नै राष्ट्रपति भण्डारी स्वदेश फर्किने भएको छ ।
" /> राष्ट्रपति भण्डारी भोलि बङ्गलादेश जाँदै - Sarbocha Media

राष्ट्रपति भण्डारी भोलि बङ्गलादेश जाँदै

`

     २०७७ चैत्र ०८ गते ६:२२
काठमाडौँ, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बङ्गलादेश जाने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बङ्गलादेश जान लागेको पराष्ट्र मन्त्रालयले जनाएको छ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।
उक्त भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही सरकारी अधिकारी पनि सम्मिलित हुने भएका छन्।
बङ्गलादेशका संस्थापक पूर्व राष्ट्रपति वङ्गबन्धु शेख मुजिबुर रहमानको सयौँ जन्म जयन्तीका अवसरमा हुने कार्यक्रममा सरिक हुने छिन्। उक्त कार्यक्रममा भण्डारीले नेपाल–बङ्गलादेश सम्बन्धकारबारेमा सम्बोधन गर्ने छिन्।
चैत १० गते राष्ट्रपति भण्डारीले बङ्गलादेशमा रहेका नेपालीहरूलाई भेट्ने कार्यक्रम रहेको छ।  उक्त कार्यक्रम प्रश्चात त्यस दिन नै राष्ट्रपति भण्डारी स्वदेश फर्किने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?