नेपाल प्रहरीबाट हालै अवकाशप्राप्त एसएसपी गणेश रेग्मीले नेपाल प्रहरीको भन्दा सशस्त्र प्रहरीको सेवा, सुविधा र स्तरवृद्धिमा असमानता रहेको दावीसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई चैत ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बीचको यो विभेद ऐनद्वारा नभई नियमावलीद्वारा निर्धारण गरिएको हो ।

" /> नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच सेवा सुविधामा विभेद रहेको भन्दै सर्वोच्चमा मुद्दा दायर - Sarbocha Media

नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच सेवा सुविधामा विभेद रहेको भन्दै सर्वोच्चमा मुद्दा दायर

`

     २०७७ चैत्र ०६ गते १२:४३

काठमाडौँ, ६ चैत । करिब समान प्रकृतिका दुई प्रहरी संगठनमा कार्यरत प्रहरी कर्मचारीबीच विभेद रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा सुविधामा विभेद भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

नेपाल प्रहरीबाट हालै अवकाशप्राप्त एसएसपी गणेश रेग्मीले नेपाल प्रहरीको भन्दा सशस्त्र प्रहरीको सेवा, सुविधा र स्तरवृद्धिमा असमानता रहेको दावीसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई चैत ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बीचको यो विभेद ऐनद्वारा नभई नियमावलीद्वारा निर्धारण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?