नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा बोल्दै गौतमले यस्तो बताएका हुन्। यसअघि नेकपा र एमाले एकताको अभियानमा थिए। उनी धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा भइरहेको महासंघको भेलामा उपस्थित भएर बोलेका हुन्।

गौतमले नेकपामा शक्ति संघर्ष चल्दा आफैँले २ पटकसम्म अविश्वास प्रस्ताव फेल गरिदिएको पनि बताएका छन्।

उनले भने, ‘मैले नै ओलीविरुद्धको अविश्वास प्रस्ताव दुई पटकसम्म फेल गरिदिएको थिएँ। तर मलाई केपी ओली र प्रचण्डका मान्छेले वामदेवले नै पार्टी विभाजन गर्यो भने’, पुस ५ भन्दा अगाडि दुईवटा अविश्वास प्रस्ताव मैले नै फेल गरिदिएको हुँ।

पुस ४ को घटना स्मरण गर्दै उनले आफूले त्यसअघि नै गुटबन्दी छाडेको सुनाए। ‘म गुटबन्दीमा जान छाडेको थिएँ। जे सल्लाह हुन्छ भन्नु भनेको थिएँ। पुस ४ गते उहाँहरुले बोलाउनुभयो। त्यो बेला केपी ओली, प्रचण्ड र म बसेको थिएँ ।’

उनले भने, ‘त्यहाँ केपी ओलीले प्रचण्डलाई तपाईं पार्टी एकताको पक्षमा हुनुहुँदो रहेनछ भन्नु भयो। त्यहीँ तपाईंले मलाई अविश्वास राखेर प्रधानमन्त्रीबाट हटाउनु हुन्छ, त्यसपछि पार्टीबाट हटाउनु हुन्छ भन्नु भयो। तपाईंहरूले जुन हतियार चलाउनु हुन्छ त्यो भन्दा ठूलो हतियार म चलाउँछु भनेको अहिले पनि सम्झिरहेको छु।’

त्यहीँ प्रचण्डले एकता नरहे केही नहुने बताएको पनि उनले सुनाए। ‘एकता नरहे के हुन्छ भनेका थिए प्रचण्डले, माधवले त फुटे फुट्छ म अत्याचार सहन सक्दिनँ भनेका थिए ।’

गौतमले भने, ‘२०५४ सालमा एमाले फुट्नुअघि हामीलाई पार्टीबाट निष्कासन गरिदिएका थिए। तर अहिले त त्यस्तो परिस्थिति थिएन र छैन।’

" /> पार्टी फुटाउने केपी, प्रचण्ड र माधव, दोषजति मलाई : वामदेव गौतम - Sarbocha Media

पार्टी फुटाउने केपी, प्रचण्ड र माधव, दोषजति मलाई : वामदेव गौतम

`

     २०७७ चैत्र ०६ गते ११:३२

काठमाण्डौँ, ६ चैत । नेकपा एमालेका नेता वामदेव गौतमले केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको द्वन्द्वका कारण भएको पार्टी विभाजनको दोष आफूलाई दिन खोजिएको भन्दै आक्रोश पोखेका छन्।

नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा बोल्दै गौतमले यस्तो बताएका हुन्। यसअघि नेकपा र एमाले एकताको अभियानमा थिए। उनी धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा भइरहेको महासंघको भेलामा उपस्थित भएर बोलेका हुन्।

गौतमले नेकपामा शक्ति संघर्ष चल्दा आफैँले २ पटकसम्म अविश्वास प्रस्ताव फेल गरिदिएको पनि बताएका छन्।

उनले भने, ‘मैले नै ओलीविरुद्धको अविश्वास प्रस्ताव दुई पटकसम्म फेल गरिदिएको थिएँ। तर मलाई केपी ओली र प्रचण्डका मान्छेले वामदेवले नै पार्टी विभाजन गर्यो भने’, पुस ५ भन्दा अगाडि दुईवटा अविश्वास प्रस्ताव मैले नै फेल गरिदिएको हुँ।

पुस ४ को घटना स्मरण गर्दै उनले आफूले त्यसअघि नै गुटबन्दी छाडेको सुनाए। ‘म गुटबन्दीमा जान छाडेको थिएँ। जे सल्लाह हुन्छ भन्नु भनेको थिएँ। पुस ४ गते उहाँहरुले बोलाउनुभयो। त्यो बेला केपी ओली, प्रचण्ड र म बसेको थिएँ ।’

उनले भने, ‘त्यहाँ केपी ओलीले प्रचण्डलाई तपाईं पार्टी एकताको पक्षमा हुनुहुँदो रहेनछ भन्नु भयो। त्यहीँ तपाईंले मलाई अविश्वास राखेर प्रधानमन्त्रीबाट हटाउनु हुन्छ, त्यसपछि पार्टीबाट हटाउनु हुन्छ भन्नु भयो। तपाईंहरूले जुन हतियार चलाउनु हुन्छ त्यो भन्दा ठूलो हतियार म चलाउँछु भनेको अहिले पनि सम्झिरहेको छु।’

त्यहीँ प्रचण्डले एकता नरहे केही नहुने बताएको पनि उनले सुनाए। ‘एकता नरहे के हुन्छ भनेका थिए प्रचण्डले, माधवले त फुटे फुट्छ म अत्याचार सहन सक्दिनँ भनेका थिए ।’

गौतमले भने, ‘२०५४ सालमा एमाले फुट्नुअघि हामीलाई पार्टीबाट निष्कासन गरिदिएका थिए। तर अहिले त त्यस्तो परिस्थिति थिएन र छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?