काठमाडौँ, ६ चैत । सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा आज प्रकाशित हुने भएको छ ।
सशस्त्र प्रहरी बल विभाग,मानव श्रोत निर्देशनालय भर्ना तथा छनौट शाखाले दिएको जानकारी अनुसार कार्यालय समय भित्र नतिजा प्रकाशित गर्ने तयारी भइरहेको छ । गत आइतबार निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आउँदो चैत ६ गते रिजल्ट प्रकाशित हुने पूर्व जानकारी दिएका थिए।
२०७७/०६/२४ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूह सशस्त्र प्रहरी जवान पदको लोकसेवा आयोगद्वारा मिति २०७७/०९/१८ गते सञ्चालन भएको लिखित परीक्षा नतिजा चैत १ गते प्रकाशित गर्ने तयारी थियो । तर आवश्यक तयारी नपुगेपछि सूचना संशोधन गर्दै चैत ६ गते (आज) प्रकाशित गर्न लागिएको जनाएको छ ।सूचना हेर्न यस लिङ्कमा क्लिक गर्नुहोस् ।



