बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुई वटा वार्षिक प्रतिवेदन लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि आज चौथो पटक बैठक बस्न लागेको हो ।

राजनीतिक दलको किचलोका कारण संसद् बैठक सहज रूपमा अगाडी बढ्न सकेको छैन। जसका कारण शोक प्रस्ताव पारित गर्दै बैठक टुङ्ग्याउनु परेको छ ।

" /> पुनर्स्थापनापछि प्रतिनिधि सभाको चौथो बैठक आज बस्दै - Sarbocha Media

पुनर्स्थापनापछि प्रतिनिधि सभाको चौथो बैठक आज बस्दै

`

     २०७७ चैत्र ०६ गते ६:१४

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुई वटा वार्षिक प्रतिवेदन लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि आज चौथो पटक बैठक बस्न लागेको हो ।

राजनीतिक दलको किचलोका कारण संसद् बैठक सहज रूपमा अगाडी बढ्न सकेको छैन। जसका कारण शोक प्रस्ताव पारित गर्दै बैठक टुङ्ग्याउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?