काठमाडौं,५ चैत । कोरोना भाइरसविरुद्ध दोस्रो खोप वैशाखमा दिइने भएको छ।
पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको छ ।
मन्त्रालयको बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको छ।
पहिलो चरणको अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको जनाइएको छ। लक्षित समूहको झन्डै ८५ प्रतिशतले खोप लगाएका हुन्।

दोस्रो चरणअन्तर्गत फागुन २३ देखि चैत ३ गतेसम्म पहिलो डोज लगाएका नागरिकलाई सूचनापछि प्रकाशन गरिने भएको छ।




