काठमाडौँ, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएका छन्। यो समयमा संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।
अहिलेसम्म देशभर ८ सय ९१ जना संक्रिय संक्रमित रहेको जनाएको छ ।




