केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३ सय २० जना सङ्क्रमित भएका जनाएका छन् ।

यसअघि १ दिनमा सङ्क्रमितहरूको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या १ करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरूले जनाएका छन्।

कुल सङ्क्रमित मध्ये २ लाख १० हजार ५ सय २२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल १ करोड ९ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म १ लाख ५८ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म २ करोड ९७ लाख ३८ हजार ४ सय ९ खोपको उपभोग भएको छ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख ३ हजार ६ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ।

शुक्रबार भने ८ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ।

" /> भारतमा फेरि बढ्यो कोरोना संक्रमण, २४ घण्टामा २५ हजार ३ सय २० जना सङ्क्रमित - Sarbocha Media

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, २४ घण्टामा २५ हजार ३ सय २० जना सङ्क्रमित

`

     २०७७ चैत्र ०१ गते ८:१४

एजेन्सी, १ चैत । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३ सय २० जना सङ्क्रमित भएका जनाएका छन् ।

यसअघि १ दिनमा सङ्क्रमितहरूको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या १ करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरूले जनाएका छन्।

कुल सङ्क्रमित मध्ये २ लाख १० हजार ५ सय २२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल १ करोड ९ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म १ लाख ५८ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म २ करोड ९७ लाख ३८ हजार ४ सय ९ खोपको उपभोग भएको छ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख ३ हजार ६ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ।

शुक्रबार भने ८ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?