काठमाडौँ, १ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ आइतबार सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोलामा ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर प्रतितोलामा ८६ हजार ६ सयमा कायम रहेको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार प्रतितोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि उक्त भाउमा कारोबार भएको जनाएको छ ।




