काठमाडौँ, २८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।
यस्तै, शुक्रबार ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।
देशभर ९ सय २९ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २२ लाख १० हजार ४ सय ३४ पीसीआर परीक्षण गरीएका छन् ।




