संसदीय दलको बैठकमा सरकारमा जाने र सांसद रेशम चौधरी लगायत राजवन्दीहरुको रिहाईका बारेमा पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरीएको जनाएको छ ।

अहिलेसम्म दलको बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्दै आएका छन् । उनलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । यद्यपि, दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

कसलाई नेता चयन गर्ने भन्नेमा विवाद भएको एक नेताले बताए । बहुमत सांसद ठाकुरको पक्षमा देखिएपनि यादव, भट्राई र महतोले दावी गर्दै आएकाले विवाद भएको हो ।

" /> जसपा संसदीय दलको बैठक सिंहदरबारमा जारी - Sarbocha Media

जसपा संसदीय दलको बैठक सिंहदरबारमा जारी

`

     २०७७ फाल्गुन २८ गते ८:५५

काठमाडौँ, २८ फागुन। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक जारी रहेको छ। जसपाको संसदीय दलको कार्यालय सिंहदरवारमा जारी बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ ।

संसदीय दलको बैठकमा सरकारमा जाने र सांसद रेशम चौधरी लगायत राजवन्दीहरुको रिहाईका बारेमा पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरीएको जनाएको छ ।

अहिलेसम्म दलको बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्दै आएका छन् । उनलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । यद्यपि, दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

कसलाई नेता चयन गर्ने भन्नेमा विवाद भएको एक नेताले बताए । बहुमत सांसद ठाकुरको पक्षमा देखिएपनि यादव, भट्राई र महतोले दावी गर्दै आएकाले विवाद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?