काठमाडौँ, २८ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हप्ताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।
बिहीबार सुनको भाउ प्रतितोलामा ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
साथै शुक्रबार तेजावी सुन प्रतितोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै शुक्रबार चाँदीको पनि भाउ घटेर प्रतितोलामा १ हजार २ सय ७० रुपैयाँमा कायम रहेको छ ।




