बुधबार पार्टी निकट आदीवासी जनजाती संगठनका अगुवा नेताहरुसँग आफ्नै निवासमा भएको भेटमा नेपाली कांग्रेसका सभापति देउवाले आउँदो निर्वाचनमा पार्टीको माहोल राम्रो हुने गरी सोच्नुपर्ने बताए ।

उनले भन, ‘अहिले संसदमा विश्वास अविश्वासको खेलमा लाग्ने समय होइन, त्यो खेलमा लाग्नु भन्दा आगामी चुनावमा बहुमत ल्याउने तर्फ लाग्नु पर्छ ।’ उनले मक्युनिष्टहरुको कुनै पनि भरोसा नहुने भन्दै आज प्रधानमन्त्री बनेर एक दुई महिनामा नै अविश्वासको मतको सामना गर्नु भन्दा त्यो खेलमा नलाग्नु नै ठीक हुने बताएका हुन् ।

सो क्रममा देउवाले अब आफ्नो ध्यान पार्टीको महाधिवेशनमा केन्द्रत हुनेसमेत भनेका छन् । देउवाले आफू पुनः एक पटक सभापति पदमा उठ्ने भन्दै सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

" /> कम्युनिष्टहरुको भर नै हुन्न : सभापति देउवा - Sarbocha Media

कम्युनिष्टहरुको भर नै हुन्न : सभापति देउवा

`

     २०७७ फाल्गुन २७ गते ६:३४

काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जाने खेलमा लाग्नु भन्दा आगामी निर्वाचनका लागि माहोल बनाउने गरी लाग्नुपर्ने बताएका छन् ।

बुधबार पार्टी निकट आदीवासी जनजाती संगठनका अगुवा नेताहरुसँग आफ्नै निवासमा भएको भेटमा नेपाली कांग्रेसका सभापति देउवाले आउँदो निर्वाचनमा पार्टीको माहोल राम्रो हुने गरी सोच्नुपर्ने बताए ।

उनले भन, ‘अहिले संसदमा विश्वास अविश्वासको खेलमा लाग्ने समय होइन, त्यो खेलमा लाग्नु भन्दा आगामी चुनावमा बहुमत ल्याउने तर्फ लाग्नु पर्छ ।’ उनले मक्युनिष्टहरुको कुनै पनि भरोसा नहुने भन्दै आज प्रधानमन्त्री बनेर एक दुई महिनामा नै अविश्वासको मतको सामना गर्नु भन्दा त्यो खेलमा नलाग्नु नै ठीक हुने बताएका हुन् ।

सो क्रममा देउवाले अब आफ्नो ध्यान पार्टीको महाधिवेशनमा केन्द्रत हुनेसमेत भनेका छन् । देउवाले आफू पुनः एक पटक सभापति पदमा उठ्ने भन्दै सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?