बुधबार अपारान्ह ४ बजे बानेश्वरको एक होटलमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको एक सदस्यले जानकारी दिए । उनका अनुसार पार्टीमा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा भेलामा छलफल हुने भएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पमकल दाहालसँग नेपालसमूह छुट्टिएको थियो ।

बुधबार मात्रै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताएका छन् । तर, एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उनको भनाइ थियो ।

" /> एमालेको माधव नेपाल पक्षले बोलायो केन्द्रीय सदस्यको भेला - Sarbocha Media

एमालेको माधव नेपाल पक्षले बोलायो केन्द्रीय सदस्यको भेला

`

     २०७७ फाल्गुन २६ गते १०:२५

काठमाडौँ, २६ फमगुन । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ ।

बुधबार अपारान्ह ४ बजे बानेश्वरको एक होटलमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको एक सदस्यले जानकारी दिए । उनका अनुसार पार्टीमा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा भेलामा छलफल हुने भएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पमकल दाहालसँग नेपालसमूह छुट्टिएको थियो ।

बुधबार मात्रै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताएका छन् । तर, एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?