काठमाडौँ, २६ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ ६ सयले बढेको छ । मंगलबार प्रतितोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कायम रहेको छ ।
यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




