काठमाडौँ, २६ फागुन । मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अस्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको जनाएको छ ।
गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर, फेरि समस्या बढेको भन्दै भेन्टिलेटरमा राखिएको हो ।
उपचारमा संलग्न डाक्टरहरुले नेता जोशीको अवस्था जोखिमपूर्ण रहेको बताएका दाजु राजुराज जोशीले जानकारी दिए । डाक्टरको सल्लाहअनुसार नै फेरि भेन्टिलेटरमा राखेर उपचार थालिएको उहाँले बताउनुभयो ।




