एजेन्सी, २५ फागुन । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका माओवादीबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा भएको एक कार्यक्रममा आदित्यनाथले नेपालका विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
आदित्यनाथले हिजो सोमबार महिला दिवसमा लखनउमा भएको एक कार्यक्रममा सबै वर्ग र समुदायलाई संगै लिएर हिँड्न नसके नेपालमा माओवादीको जस्तै हालत हुने टिप्पणी गरेका छन्। उनले सबै समुदाय नमिलेमा नेपालमा माओवादको जस्तै एउटा विकृत रुप देखापर्ने बताएका छन्।

उनले समाजमा भेदभाव रहेको र यसले विकृत रुप देखाउने भन्दै नेपालमा माओवादको हालतसँग जोडेर अभिव्यक्ति दिएका छन्।




