काठमाडौँ, २४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । जसहरुमध्ये थप १ जनासहित हालसम्म ३ हजार ११ जनाको मृत्यु भएको छ ।
यस्तै गत २४ घण्टामा ४२ जना निको भएसँगै २ लाख ७० हजार ९२७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ ।




