अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा त्यहाँको राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकुको मृत्यु भएको जनाइएको छ।

प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो। त्यस कारबाहीका क्रममा परी ती व्यक्तिको मृत्यु भएको छ।

नार ए सरओज जिल्लामा तालिबानको गढ मानिन्छ । त्यस क्षेत्रमा तालिबानहरू लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ।

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन्। आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग (सीटीडी) ले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

सीटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको छ। तर आतङ्ककारीको समूह तर्फबाट गोलाबारी शुरु भएपछि प्रहरीको जवाफी कारबाहीको क्रममा कम्तीमा पाँच आतङ्ककारीको घटनास्थलमा नै मृत्यु भएको थियो।

कारबाहीको क्रममा मारिएका ती आतङककारीहरूले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले जनाएको छ ।

" /> पाकिस्तान र अफगानिस्तानमा गरी १५ उग्रवादी मारिए - Sarbocha Media

पाकिस्तान र अफगानिस्तानमा गरी १५ उग्रवादी मारिए

`

     २०७७ फाल्गुन २४ गते ८:०५

एजेन्सी, २४ फागुन । सुरक्षा कारबाही हुँदा अफगानिस्तान १० र पाकिस्तानमा ५ जना गरी एकैदिनमा १५ उग्रवादी मारिएको छ।

अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा त्यहाँको राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकुको मृत्यु भएको जनाइएको छ।

प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो। त्यस कारबाहीका क्रममा परी ती व्यक्तिको मृत्यु भएको छ।

नार ए सरओज जिल्लामा तालिबानको गढ मानिन्छ । त्यस क्षेत्रमा तालिबानहरू लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ।

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन्। आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग (सीटीडी) ले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

सीटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको छ। तर आतङ्ककारीको समूह तर्फबाट गोलाबारी शुरु भएपछि प्रहरीको जवाफी कारबाहीको क्रममा कम्तीमा पाँच आतङ्ककारीको घटनास्थलमा नै मृत्यु भएको थियो।

कारबाहीको क्रममा मारिएका ती आतङककारीहरूले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?