प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिएलगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको जनाएको छ ।

नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो ।

ओलीले भने नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका हुन् ।

" /> ओली समूहले बोलायो संसदीय दलको बैठक - Sarbocha Media

ओली समूहले बोलायो संसदीय दलको बैठक

`

     २०७७ फाल्गुन २३ गते १२:४४

काठमाडौँ, २३ फागुन । नेकपा केपी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिएलगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको जनाएको छ ।

नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो ।

ओलीले भने नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?