काठमाडौँ, २३ फमगुन। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाकी सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल समूहमा लागेकी छन्। संसद बैठक सुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड–नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी दिए ।
महराले भने, ‘सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल समूहमा खुल्नुभएको छ ।’ उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकट थिइन्। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र पार्टी हित विपरीत कार्य गरेका कारण आफूले उक्त समूह छाडेको उनले प्रतिक्रिया दिएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आजबाट संसदको सातौँ अधिवेशन सुरु हुँदैछ।
संसद अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने र नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी रहेको हुँदा तटस्थ अवस्थामा रहेका सांसदहरुको कता लाग्छन् भन्ने निकै महत्वपूर्ण मानिएको छ।




