काठमाडौँ, २३ फागुन। प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।
आइतबार बिहान ११ बजेपछि दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।
प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ। बैठकअघि प्रचण्ड–नेपालले सभामुखसँग गरेको परामर्शलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सभामुखसँग आज बस्ने संसद बैंठकका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसद् बैठक बस्न लागेको हो।




