घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।

" /> दार्चुलामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, चार घाइते - Sarbocha Media

दार्चुलामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, चार घाइते

`

     २०७७ फाल्गुन २३ गते १:५७

दार्चुला, २३ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जीप दुर्घटना गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा भएको हो । मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तकी आमा सुनादेवी पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिए।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको बा ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा सडकबाट झण्डै डेढ सय मिटर तल खस्दा चालकसहित तीन जनाको मृत्यु भएको हो।

जीपमा सवार अरु चारजना घाइते रहेको स्थानीय रमेश धामीले बताए। बुद्धिपल्लब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त घाइते भएका हुन्।

घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?