शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै नेता केसीले भने, ‘सम्झौता सकरात्मक हो । तर तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा देखिएन यसमा हामी गम्भीर छौं ।’

चन्द समूहसँग हतियारै छैन भन्ने कुरा नभएको उनले बताए । ‘ठाउँठाउँमा सरकारले पक्रेको छ । तर सहमतिमा यसबारे किन मौन ?’ नेता केसीको प्रश्न थियो । सम्झौताका कारण पीडकहरुले उन्मुक्ति पाउने र पीडितले न्याय नपाउने अवस्था आउन नहुने उनले बताए ।

‘कांग्रेसको चाहना यत्ति हो । नभए शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन भन्ने मान्यता राख्ने हामीले सम्झौतालाई स्वागतयोग्य र सकारात्मक मान्छौं’ नेता केसीले थपे ।

" /> चन्दसँगको सहमतिमा हतियार व्यवस्थापनबारे बुँदा नदेखिँदा गम्भीर छौं : नेता केसी - Sarbocha Media

चन्दसँगको सहमतिमा हतियार व्यवस्थापनबारे बुँदा नदेखिँदा गम्भीर छौं : नेता केसी

`

     २०७७ फाल्गुन २१ गते १:१५

चितवन, २१ फागुन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै नेता केसीले भने, ‘सम्झौता सकरात्मक हो । तर तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा देखिएन यसमा हामी गम्भीर छौं ।’

चन्द समूहसँग हतियारै छैन भन्ने कुरा नभएको उनले बताए । ‘ठाउँठाउँमा सरकारले पक्रेको छ । तर सहमतिमा यसबारे किन मौन ?’ नेता केसीको प्रश्न थियो । सम्झौताका कारण पीडकहरुले उन्मुक्ति पाउने र पीडितले न्याय नपाउने अवस्था आउन नहुने उनले बताए ।

‘कांग्रेसको चाहना यत्ति हो । नभए शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन भन्ने मान्यता राख्ने हामीले सम्झौतालाई स्वागतयोग्य र सकारात्मक मान्छौं’ नेता केसीले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?