काठमाडौँ, २१ फागुन । नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो।
नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए ।
योगेश भट्टराईसहित ४ जना भने विभिन्न कारणले शुक्रबारको बैठकमा सहभागी हुन नपाएको यो समूहले जनाएको छ ।
प्रचण्ड–माधव समूहले गत पुसमा नै संसदीय दलको बैठक बसेर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको बताएको थियो ।




