ओली भने, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ ।, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’

सम्बोधनका क्रममा ओलीले साहसिक कदम चालेको भन्दै विप्लवको तारिफ गरेका थिए। त्यसअघि सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हिजो भएको तीन बुँदे समहमति पत्रमा हस्ताक्षर गरेका थिए।

" /> विप्लव समूहसँगको सहमतिपछि अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली - Sarbocha Media

विप्लव समूहसँगको सहमतिपछि अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली

`

     २०७७ फाल्गुन २१ गते १०:१८

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्। शुक्रबार काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले विप्लवसँगको सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको बताएका छन्।

ओली भने, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ ।, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’

सम्बोधनका क्रममा ओलीले साहसिक कदम चालेको भन्दै विप्लवको तारिफ गरेका थिए। त्यसअघि सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हिजो भएको तीन बुँदे समहमति पत्रमा हस्ताक्षर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?