काठमाडौँ, २१ फागुन। सरकारसँगको वार्ता सफल भएपछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज राष्ट्रिय सभागृहमा प्रधानमन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।
राष्ट्रिय सभागृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने भएको छ । बिहीबार सरकार र विप्लव समूहका वार्ता टोलीबीच तीनबुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौँ आएका थिए ।




