काठमाडौँ, २० फागुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । २४ घण्टामा थप ७८ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ ।
हालसम्म ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् ।




