उनले नेकपा दुई समूहमा विभाजन भएको अवस्थामा आफूले केही समय दुवै तिरको धारणा बुझ्ने प्रयास गर्दा आफूलाई अन्य समूहमा लागेको आरोप लागेको भन्दै यस्तो आरोप कपोकल्पीत र झुट भएको समेत बताएका छन् ।

आफू माक्र्सवादी सिद्धान्तलाई अवलम्बन गर्ने भएकाले आफूले सधै आलोचनात्मक चेत राख्ने पनि बताए ।

उनले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टी कस्तो हुने र कसरी अगाडि बढ्ने भन्ने अवस्थामा आफूसधै परिवर्तनको पक्षमा रहेको बताएका छन् । अहिलेको अवस्थामा परिवर्तनको नेतृत्व प्रचण्ड–माधवले गरेकाले आफू पनि त्यही समूहमा निरन्तर रहि रहेको बताएका छन् ।

" /> म प्रचण्ड–माधवले नेतृत्व गरेको पक्षमै छु : नगरप्रमुख बराल - Sarbocha Media

म प्रचण्ड–माधवले नेतृत्व गरेको पक्षमै छु : नगरप्रमुख बराल

`

     २०७७ फाल्गुन २० गते ९:४५

काठमाडौँ, २० फागुन। रास्कोट नगरपालिका कालिकोटको प्रमुख काशिचन्द्र बरालले आफू प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपामा रहेको प्रष्टिकरण दिएको छ।

उनले नेकपा दुई समूहमा विभाजन भएको अवस्थामा आफूले केही समय दुवै तिरको धारणा बुझ्ने प्रयास गर्दा आफूलाई अन्य समूहमा लागेको आरोप लागेको भन्दै यस्तो आरोप कपोकल्पीत र झुट भएको समेत बताएका छन् ।

आफू माक्र्सवादी सिद्धान्तलाई अवलम्बन गर्ने भएकाले आफूले सधै आलोचनात्मक चेत राख्ने पनि बताए ।

उनले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टी कस्तो हुने र कसरी अगाडि बढ्ने भन्ने अवस्थामा आफूसधै परिवर्तनको पक्षमा रहेको बताएका छन् । अहिलेको अवस्थामा परिवर्तनको नेतृत्व प्रचण्ड–माधवले गरेकाले आफू पनि त्यही समूहमा निरन्तर रहि रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?