काठमाडौँ, २० फागुन । नेकपाको केपी ओली पक्षका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेट गरेका छन् ।
नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए ।
पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य कम्युनिस्ट पार्टीको सरकार ढालेर अर्को सरकार बनाउने पक्षमा नरहेको बताए ।
उनले भने, ‘यो निर्वाचन आयोगको जानकारीमा छ जस्तो लाग्छ ।’




