काठमाडौँ, २० फागुन । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको महासंघले जनाएको छ ।
बुधबार तोलामा ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँ रहेको जनाएको छ ।
योसँगै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार १ हजार ३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला भाउ बिहीबार १ हजार २ सय ८५ रुपैयाँमा कायम रहेको छ ।




