उनले भने, ‘नेपाली काँग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले यस समयमा काँग्रेसले प्रतिपक्षमा बस्नु उचित हुन्छ। हामी सानो सङ्ख्यामा छौँ, तैपनि हाम्रो भूमिका ठुलो छ, हाम्रो जिम्मेवारी ठुलो छ।’
पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशाङ्क कोइरालालाई आफ्नो हैसियत बुझ्न आग्रह गरेका छन्। संसदमा सीट सङ्ख्या सानो भएकोले सरकारमा गए दुख पाइने उनको भनाइ छ।
उनले भने,  ‘काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यति बेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ ।’
" /> काँग्रेस प्रतिपक्षमा नै रहनु पर्छ : रामचन्द्र पौडेल - Sarbocha Media

काँग्रेस प्रतिपक्षमा नै रहनु पर्छ : रामचन्द्र पौडेल

`

     २०७७ फाल्गुन १९ गते १२:५६
काठमाडौँ, १९ फागुन । नेपाली काग्रेंसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीलाई सरकारमा जाने म्याण्डेट नभएको बताएका छन्। पौडेलले काँग्रेसको भूमिका प्रतिपक्षको भएको भन्दै त्यसलाई कुशलता पूर्वक पुरा गर्नुपर्ने बताएका छन्।
उनले भने, ‘नेपाली काँग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले यस समयमा काँग्रेसले प्रतिपक्षमा बस्नु उचित हुन्छ। हामी सानो सङ्ख्यामा छौँ, तैपनि हाम्रो भूमिका ठुलो छ, हाम्रो जिम्मेवारी ठुलो छ।’
पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशाङ्क कोइरालालाई आफ्नो हैसियत बुझ्न आग्रह गरेका छन्। संसदमा सीट सङ्ख्या सानो भएकोले सरकारमा गए दुख पाइने उनको भनाइ छ।
उनले भने,  ‘काँग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यति बेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?