पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उक्त समूहको केन्द्रीय समिति बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको छ।

बैठकपछि नेता भीम रावलले नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको जनाएको छ ।

बैठकले केन्द्रीय कमिटीका सदस्य विशाल भट्टराईलाई पनि कारबाही गर्दै संसदीय भूमिकामा पार्टीको हितअनुसार काम गर्न निर्देशन दिएको छ भने केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी र सूर्य थापालाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय गरेको जानकारी दिए ।

" /> प्रचण्ड–नेपाल समूहद्वारा नेम्वाङलाई संसदीय दलका उपनेताबाट राजीनामा दिन निर्देशन - Sarbocha Media

प्रचण्ड–नेपाल समूहद्वारा नेम्वाङलाई संसदीय दलका उपनेताबाट राजीनामा दिन निर्देशन

`

     २०७७ फाल्गुन १९ गते १०:१८

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेता तथा पार्टी स्थायी समितिका सदस्य सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उक्त समूहको केन्द्रीय समिति बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको छ।

बैठकपछि नेता भीम रावलले नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको जनाएको छ ।

बैठकले केन्द्रीय कमिटीका सदस्य विशाल भट्टराईलाई पनि कारबाही गर्दै संसदीय भूमिकामा पार्टीको हितअनुसार काम गर्न निर्देशन दिएको छ भने केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी र सूर्य थापालाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?