काठमाडौँ, १९ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि, आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा तय गरेको छ । बैठकमा पार्टीको आधिकारिकताका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।




