काठमाडौँ, १९ फागुन। नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बानेश्वरस्थित् संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न दलको बैठक बोलाएको जनाइएको छ।
यही फागुन २३ गते पुनःस्थापित प्रतिनिधिसभा बैठक डाकिएको छ। सो बैठकमा उठाउनुपर्ने विषयवस्तुको टुंगो लगाउन दलको बैठक बोलाएको जनाइएको छ।




