काठमाडौँ, १९ फागुन । नेकपाका अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्ध खोप लगाएका छन्।
फागुन २३ गतेदेखि संघीय संसद अधिवेशन सुरु हुन लागेको हुँदा सांसद, पदाधिकारी, कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई कोभिड खोप लगाउन सुरु गरिएको हो।
बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
प्रतिनिधि सभा र राष्ट्रियसभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने भएको छ ।




