स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् ।

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुई तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको सुझाव छ ।

भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

" /> स्वास्थ्य परीक्षणपछि पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फर्किए - Sarbocha Media

स्वास्थ्य परीक्षणपछि पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फर्किए

`

     २०७७ फाल्गुन १८ गते १२:२९

काठमाडौँ, १८ फागुन । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् ।

स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् ।

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुई तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको सुझाव छ ।

भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?