मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको तर्क गरेका छन् । प्रधानमन्त्रीबाट आफूलाई हटाइहाले पनि आगामी चुनावमा दुईतिहाइ सिट जितेर पुनः सिंहदरबार फर्कने बताए ।

उनले भने, ‘कसैले हटाउन सक्छ भने अहिले हटाओस् । तर, सजिलो छैन । खुसीसाथ हट्छु । डेढ वर्षपछि त चुनाव आइहाल्छ । दुईतिहाइका साथ सिंहदबार फर्किन्छु ।’

उनले नेपाली जनताका लागि काम गर्ने र ‘कम्फरटेबल’ सरकार चाहिएको बताए । यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक राम्रोसँग सञ्चालन हुने समेच बताएका छन् ।

" /> मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री ओली - Sarbocha Media

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री ओली

`

     २०७७ फाल्गुन १८ गते ११:०७

काठमाडौँ, १८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति कतातिर जान्छ भन्ने कुराले अदालतको फैसलाको मूल्यांकन हुने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको तर्क गरेका छन् । प्रधानमन्त्रीबाट आफूलाई हटाइहाले पनि आगामी चुनावमा दुईतिहाइ सिट जितेर पुनः सिंहदरबार फर्कने बताए ।

उनले भने, ‘कसैले हटाउन सक्छ भने अहिले हटाओस् । तर, सजिलो छैन । खुसीसाथ हट्छु । डेढ वर्षपछि त चुनाव आइहाल्छ । दुईतिहाइका साथ सिंहदबार फर्किन्छु ।’

उनले नेपाली जनताका लागि काम गर्ने र ‘कम्फरटेबल’ सरकार चाहिएको बताए । यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक राम्रोसँग सञ्चालन हुने समेच बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?