वार्ता टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फागुनमा विप्लवले प्रेस वक्तव्यमार्फत् वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो ।

आज सरकारका तर्फबाट गृहमन्त्री बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन भएको थियो । अब सरकार र विप्लव समूहबीच वार्ता हुने भएको छ ।

" /> विप्लव समूहले प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन - Sarbocha Media

विप्लव समूहले प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

`

     २०७७ फाल्गुन १८ गते ९:४२

काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको जानकारी प्राप्त भएको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फागुनमा विप्लवले प्रेस वक्तव्यमार्फत् वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो ।

आज सरकारका तर्फबाट गृहमन्त्री बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन भएको थियो । अब सरकार र विप्लव समूहबीच वार्ता हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?