काठमाडौँ, १८ फागुन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभा बैठकका लागि भएको तयारीको अवलोकन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठकका लागि भइरहेको तयारी बारे स्थलगत अवलोकन गरि जानकारी लिने सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुर्न:स्थापना गर्दै १३ दिनभित्र बैठक सञ्चालन गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउसो ४ बजेका लागि प्रतिनिधि सभाको सातौं अधिवेशन आह्वान गरेकी छिन् ।
अदालतले संसद पुन स्थापना गर्ने आदेश दिएपछि संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठकका लागि प्रशासनिक, भौतिक तथा प्राविधिक तयारी थालिएको बताएका छन् ।




